दसैँले आपसी विश्वास, सद्भाव र राष्ट्रिय एकताको भावना बलियो बनाओस् : घिमिरे – Kanika Khabar
Wednesday, October 21Nepali News Portal

दसैँले आपसी विश्वास, सद्भाव र राष्ट्रिय एकताको भावना बलियो बनाओस् : घिमिरे

    मा प्रकाशित

दाङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कमल किशोर घिमिरेले विजया दशमीका अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

दसैँ केवल धार्मिक तथा सांस्कृतिक पर्व मात्र नभई पारिवारिक पुनर्मिलन, आत्मीयता, आपसी सद्भाव र सामाजिक सम्बन्धलाई थप प्रगाढ बनाउने विशेष अवसर भएको उल्लेख गर्दै उनले यस पर्वले समाजमा विद्यमान विभेद, वैमनस्यता र निराशा हटाउँदै सकारात्मक सोचको विकास गर्न प्रेरित गरोस् भन्ने कामना गरेका छन्।

उनले नेपाली समाजको मौलिक पहिचानका रूपमा रहेको भाषा, संस्कृति, परम्परा र सांस्कृतिक विविधताको संरक्षण गर्दै नयाँ पुस्तामा पुर्खादेखि हस्तान्तरण हुँदै आएका असल संस्कार र मानवीय मूल्यहरूको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन्।

वर्तमान समयको आवश्यकता आपसी विश्वास, सहकार्य र जिम्मेवारीबोधलाई बलियो बनाउनु रहेको उल्लेख गर्दै घिमिरेले चाडपर्वले परिवारदेखि समाज र समाजदेखि राष्ट्रसम्म एकताको भावना विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

उनले विजया दशमीले सबैमा अन्याय र असत्यविरुद्ध उभिने साहस, सत्यको पक्षमा दृढ रहने प्रेरणा तथा समाजमा सकारात्मक परिवर्तनका लागि योगदान गर्ने ऊर्जा प्रदान गरोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।

घिमिरेले यस पर्वले हरेक नेपालीको जीवनमा नयाँ आशा, उत्साह र उमङ्ग सञ्चार गर्दै समुन्नत, समावेशी र समृद्ध नेपाल निर्माण गर्ने साझा सङ्कल्पलाई थप सुदृढ बनाओस् भन्दै पुनः विजया दशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्