ब्राजिलको निर्वाचनमा धाँधली भएको ट्रम्पको आरोप – Kanika Khabar
Tuesday, October 27Nepali News Portal

ब्राजिलको निर्वाचनमा धाँधली भएको ट्रम्पको आरोप

    मा प्रकाशित

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलको राष्ट्रपति निर्वाचनमा धाँधली भएको आरोप लगाएका छन् ।

उनले निर्वाचन प्रक्रिया निकै खराब र भ्रष्ट देखिएको टिप्पणी गर्दै मतगणना गर्ने तरिका तथा समयसीमा बढाइएको विषयमा प्रश्न उठाएका हुन् ।

ट्रम्पले ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँग आफ्नो सम्बन्ध राम्रो रहेको र आफूलाई लुला मन पर्ने बताएका छन् । तर निर्वाचनको समग्र प्रक्रिया भने शंकास्पद देखिएको उनको दाबी छ ।

ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुला दा सिल्भाले दक्षिणपन्थी प्रतिस्पर्धी तथा लिबरल पार्टीका नेता फ्लाभियो बोल्सोनारोलाई झिनो मतान्तरले पराजित गर्दै जित हासिल गरेका छन्। उनी चौथोपटक राष्ट्रपति बनेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्