बाढीपीडितको पहिचानका लागि अमेरिकाले नेपाललाई दियो थप डीएनए परीक्षण सामग्री – Kanika Khabar
Thursday, October 29Nepali News Portal

बाढीपीडितको पहिचानका लागि अमेरिकाले नेपाललाई दियो थप डीएनए परीक्षण सामग्री

    मा प्रकाशित

काठमाडौं । अमेरिकाले गत अगस्टमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका अमेरिकी नागरिकसहित अन्य पीडितको पहिचान गर्न नेपाल प्रहरीलाई थप डीएनए परीक्षण सामग्री उपलब्ध गराएको छ ।

अमेरिकी सङ्घीय अनुसन्धान ब्युरोका सहायक कानुन कार्यान्वयन सहचारी राइली पाम्लट्रीले यसै साता अमेरिकी कम्पनी थर्मो फिसर साइन्टिफिकले उत्पादन गरेका दुई खेप सामग्री हस्तान्तरण गरेका हुन् ।

नेपालको द्रुत डीएनए परीक्षण प्रणालीलाई सहयोग गर्न अमेरिकाले उपलब्ध गराएको १० लाख अमेरिकी डलरको योगदानअन्तर्गत यी सामग्री प्रदान गरिएको हो । यसबाट बाढीमा बेपत्ता भएका आफन्तको खबर पर्खिरहेका परिवारलाई आफ्ना प्रियजनको पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

अमेरिकाले नेपालमा बाढीपछिको उद्धार तथा पुनःस्थापनाका लागि निरन्तर सहयोग गर्दै आएको छ। बाढी प्रभावितको जीवन रक्षा र विपद्पछिको पुनःस्थापनाका लागि अमेरिकाले हालसम्म तीन करोड ६० लाख अमेरिकी डलरभन्दा बढी सहायता उपलब्ध गराइसकेको जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्