हेटौँडामा प्रदेशका शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन सुरु – Kanika Khabar
Thursday, October 29Nepali News Portal

हेटौँडामा प्रदेशका शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन सुरु

    मा प्रकाशित

हेटौँडा । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको प्रमुख आतिथ्यतामा हेटौँडामा प्रदेशका शिक्षामन्त्री तथा प्रदेश विश्वविद्यालयहरूको सम्मेलन सुरु भएको छ ।

शुक्रबारसम्म सञ्चालन हुने सम्मेलनको उद्देश्य शिक्षा क्षेत्रको विकास, उच्च शिक्षाको गुणस्तर सुधार र प्रदेशहरूबीच सहकार्य बढाउनु रहेको छ ।

बागमती विश्वविद्यालयका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको अध्यक्षतामा सुरु भएको सम्मेलनमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरसहित विभिन्न प्रदेशका मन्त्री, विश्वविद्यालयका पदाधिकारी, सरकारी अधिकारी तथा शिक्षा क्षेत्रका विज्ञ सहभागी छन् ।

सम्मेलनमा सातै प्रदेशका शिक्षा क्षेत्रका उपलब्धि, असल अभ्यास र चुनौतीबारे अनुभव आदानप्रदान गरिनेछ। साथै, संघ र प्रदेशबीचको समन्वय, प्रदेश विश्वविद्यालयको संस्थागत विकास तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिबारे छलफल हुनेछ ।

दुई दिनसम्म चल्ने सम्मेलनले प्रदेशस्तरको शिक्षा प्रणाली प्रभावकारी बनाउन र उच्च शिक्षाको विकासका लागि साझा रणनीति तथा नीतिगत उपाय तय गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्