दाङमा लकडाउनः लकडाउन अवधिभर केके सञ्चालन हुने छैनन् ? – Kanika Khabar
Friday, March 21Nepali News Portal

दाङमा लकडाउनः लकडाउन अवधिभर केके सञ्चालन हुने छैनन् ?

    मा प्रकाशित

कनिका खबर
भदौ १३, दाङ ।
आउँदो आइतबार राति १२ बजेदेखि दाङमा एक साताको लागि लकडाउन हुने भएको छ । पछिल्लो चरणमा दाङमा फैलिदै गएको कोरोना सङक्रमणको जोखिमलाई न्यूनीकरण गर्नका लागि हिजो शुक्रबार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन समितिको बैठकले आइतबार राति १२ बजेदेखि भदौ २१ गते राति १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।
बैठकपश्चात जिल्ला प्रशासन कार्यालय दाङले एक सुचना जारी गरी लकडाउन अवधिभर सञ्चालन हुने र नहुने क्षेत्रको बारेमा जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको लकडाउन अवधिभर केके सञ्चालन नहुने :
१. अतिआवश्यक उपभोग्य बस्गिहर तथा अत्यावश्यक सेवाहरु (औषधी, खाद्य बस्तु, ईन्धन, खाना पकाउने ग्यास, तरकारी, दुधजन्य , विद्युत, दुरसन्चार, भन्सार, क्वारेन्टाईन, आईसोलेसन, फोहोरमैला व्यवस्थापन, मृत्यु संस्कार लागी अनिवार्य हुनुपर्ने आदि)मा प्रयोग हुने सवारी साधनहरु बाहेक अन्य सार्वजनिक यातायातका साधन र सवारी अनुमति नदिएका निजी सवारी साधनहरु सन्चालन गर्न ।
२. अतिआवश्यक सेवा तथा बस्तु उत्पादन र विक्री वितररण गर्ने उद्योग तथा व्यवसाय बाहेकका अन्य उद्योग व्यापार र व्यवसाय सन्चालन गर्न ।
३.कुनै प्रकारका मेला, महोत्सव, सभा, सम्मेलन र जुलुस लगायतका भिडभाड बढाउने गतिविधिहरु गर्न ।
४.होटेल, रेष्टुरा तथा खाजा घरहरु सन्चालन गर्न ।
५. सरकारी कारोवार गर्ने अनुमति प्राप्त बैंक बाहेक अन्य बैंक तथा वित्तिय संस्थाहरु सन्चालन गर्न । साथै अन्य बैंक तथा वित्तिय संस्थाहरुले अति आवश्यक कार्यका लागी सन्चालन गर्नु परेमा नेपाल सरकारबाट तोकिएको स्वास्थ्य तथा सुरक्षा सम्वन्धी मापदण्डको पुर्ण पालना गरी निश्चित समयावधि र न्युनतम कर्मचारी तोकेर सन्चालन गर्न सकिनेछ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्