कालिकोटको नाग्ममा पहिरो जाँदा १२ बेपत्ता, १ को मृत्यु २ को उद्धार – Kanika Khabar
Wednesday, May 1Nepali News Portal

कालिकोटको नाग्ममा पहिरो जाँदा १२ बेपत्ता, १ को मृत्यु २ को उद्धार

    मा प्रकाशित

मान बहादुर बिश्वकर्मा
भदौ १४, कालिकोट ।
कालिकोट जिल्लाको तिलागुफा नगरपालिका वडां नम्बर १ मा पहिरोले पाँच वटा घर भत्किदा १२ जना पुरिएका छन् । गएराति गएको पहिरोका कारण वडां नम्बर १ का ललि नेपाली, मन्दिर कटुवाल, धनपति बिक लगाएतको भत्किदा १२ जना घरभित्रै पुरिएको स्थानीयले बताएका छन् । एक जना बर्ष ५ का निराजन शाहीको शव निकालिएको छ । उनीहरु कोठा भाडामा बस्दै आएकाले कुन कोठामा कति जना भित्र थिए भन्ने एकिन हुन नसेको बताईएको छ । दुई जनाको भने जीवितै उद्धार गरेर उपचारका लागि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख श्यामबावु ओलीयाले सञ्चार सम्पर्क नभएकाले थप विवरण आउन नसकेको बताए । जिल्लाबाट प्रहरी निरीक्षक यक्षराज जोसीको नेत्तृत्वमा टोली घटनास्थल पठाएको बताए । उनले ३५ वर्षीया पुन्ना शाहीको र अर्जुन हमालको जीवितै उद्धार गरिएको बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्