पछिल्लो २४ घण्टामा कोरोनाको कारण १२ जनाको मृत्यु – Kanika Khabar
Monday, May 6Nepali News Portal

पछिल्लो २४ घण्टामा कोरोनाको कारण १२ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
भदौ १७, दाङ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप १२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार आज मृत्यु हुनेमा ६ जना महिला र ६ जना पुरुषको कोरोनाले मृत्यु भएको छ ।

जसमा चितवनकी १८ र ५५ वर्षीया २ जना महिला, काठमाडौंकी ८९ वर्षकी एक महिला, ललितपुरकी ७० वर्षीया एक महिला, तनहुँकी २० वर्षीया महिला, कपिलवस्तुकी ६० वर्षीया महिला रहेकी छन्।

यस्तै मृत्यु हुने पुरुषहरुमा बाराको ५७ वर्षका एक पुरुष, चितवनको ६५ वर्षका एक पुरुष, भक्तपुरका ४० वर्षका एक पुरुष, काठमाडौंका ७० र ७५ वर्षका दुई जना पुरुष र धादिङका ४७ वर्षका पुरुषको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५१ पुगेको छ । यो संख्या कुल संक्रमितको ०।६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्