दश वर्षिया छोरीमाथि जबरजस्ती करणी प्रयास आरोपमा बुवा पक्राउ – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

दश वर्षिया छोरीमाथि जबरजस्ती करणी प्रयास आरोपमा बुवा पक्राउ

    मा प्रकाशित

कनिका खबर
भदौ २४, दार्चुला
दार्चुलामा १० वर्षिया आफ्नै छोरीमाथि जबरजस्ती करणी गर्ने प्रयास गरेको भन्दै ३६ वर्षिय बुवा पक्राउ परेका छन् । जिल्ला सदरमुकाम खलङ्गा बस्दै आएका ती पुरुषले भाद्र २१ गते राती १० वर्षिया आफ्नै छोरीमाथि जबरजस्ती करणी गर्ने प्रयास गरेको जाहेरीका आधारमा प्रहरीले उनलाई सोमबार बिहान पक्राउ गरेको हो । जाहेरी परेपछि घट्नास्थलमा पुगि घटनाबारे जानकारी लिइएको र स्वास्थ्य चेकजाँच पनि गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी पदमबहादुर बिष्टले बताउनुभयो । ‘पीडित र आफन्तका अनुसार जबरजस्ती करणी प्रयास पनि दोस्रो पटक रहेछ, जबरजस्ती करणी गरेकै हो भन्ने एकिन गर्न मेडिलक रिपोर्ट आएपछि थाहा हुन्छ’ डिएसपी बिष्टले भन्नुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्