मन्थली नगरपालिकाले कोरोना रोकथामका लागि ४५ लाख ९२ हजार खर्च गर्यो – Kanika Khabar
Tuesday, May 7Nepali News Portal

मन्थली नगरपालिकाले कोरोना रोकथामका लागि ४५ लाख ९२ हजार खर्च गर्यो

    मा प्रकाशित

कनिका खबर
भदौं २४, रामेछाप
रामेछापको मन्थली नगरपालिकामा कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि ४५ लाख ९२ हजार ४ सय ७६ रुपैयाँ खर्च भएको छ । १४ वटा वडाहरु रहेको नगरपालिकामा कोरोनाको माहामारी पुर्व तयारीको लागी औषधि तथा सर्जिकल सामाग्री खरिदमा सबैभन्दा बढि रकम खर्च भएको छ । मन्थली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव फ्ुयाँलले दिनुभएको जानकारी अनुसार नगरपालिकामा क्वारेन्टाईन निर्माण, व्यवस्थापन, खाना , खाजा र गाडीमा ११ लाख ६२ हजार ४१ रुपैयाँ खर्च भएको छ । हेल्थ डेक्सका स्वास्थ्यकर्मी , सुरक्षाकर्मी र डिसईन्फेक्सन छर्कने व्यक्तिले खाना खाजा खाए वापत १ लाख १५ हजार १ सय ५० , डिसईन्फेक्सन छर्कने ड्राईभर लगायतका व्यक्तिहरुलाई अतिरिक्त समयमा काम गरेवापत ३६ हजार ६ सय , सेतो गुँरासमा आईसोलेसन केन्द्र व्यवस्थापनमा ३३ हजार ४ सय ३ रुपैयाँ खर्च भएको छ । यसैगरी अक्सिजन तथा अक्सिजन फ्लोमिटर लगायतको खरिदमा १ लाख ८० हजार ८ सय , आई एफ आर थर्मोमिटर , डिजिटल थर्मोमिटर तथा सर्जिकल क्याप र माक्स लगायत खरिदमा ४ लाख २६ हजार , कोरोनाको माहामारी पुर्व तयारीको लागी औषधि तथा सर्जिकल सामाग्री खरिदमा १५ लाख ५७ हजार ७ सय ५ रकम खर्च भएको छ । स्यानिटाईजर , माक्स लगायतका सामाग्री खरिदमा १ लाख ३७ हजार ७ सय ९० र राहत वितरणमा ५ लाख ४६ हजार १ सय ८ रुपैयाँ गरी अहिलेसम्म ४५ लाख ९२ हजार ४ सय ७६ रुपैयाँ खर्च भएकोे स्वास्थ्य शाखा प्रमुख फुयालले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्