भ्रममा नपर्न मेलम्ची नगरपालिकाको आग्रह – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

भ्रममा नपर्न मेलम्ची नगरपालिकाको आग्रह

    मा प्रकाशित

कनिका खबर
भदौं २६, सिन्धुपाल्चोक
कार्यालयभित्रै मदिरापान भन्दै सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा समाचार आएपछि मेलम्ची नगरपालिकाले खण्डन गरेको छ । विज्ञप्ती जारी गर्दै बास्तविकता नबुझी भ्रममा नपर्न सार्वजनिक रुपमा आग्रह गरेको हो । नगरपालिकाले २३ भदौको साँझ कार्यालयको कामकै लागि कर्मचारी अबेरसम्म कार्यालयमा बसेको प्रष्ट पारेको छ । चालु आर्थिक वर्षको लागि स्वीकृत ५ योजना कार्यान्वयनका लागि बोलपत्र सम्बन्धी कागजात तयार गरी विद्युतीय खरिद प्रणालीमा अपलोड गर्नका लागि कर्मचारीहरु अबेरसम्म खटिएको र उक्त समयमा आफुलाई युट्युबर बताउने दुई ब्यक्तिहरु आई जबर्जस्ती भिडियो खिचेको मेलम्ची नगरपालिकाले दावी गरेको छ । यसबारे यथार्थ बुझ्न आन्तरिक छानबिन सुरु गरिएको र कर्मचारीको गल्ती देखिए कारबाही गरिने मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद कोईरालाले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्