मा प्रकाशित
कनिका खबर
भदौं ३०, सोलुखुम्बु
सोलुखुम्बुको सल्लेरी बजारमा नक्कली नोट फेला परेको छ । सल्लेरीमा सञ्चालित एक पसलबाट बैंकमा जम्मा गर्न लगेको १ हजार रुपैयाको २ थान नक्कली नोट रहेको श्रोतले बताएको छ । पसलमा सामान किन्न आउने कस्ले उक्त नोट ल्याएको हो भन्ने बारे केही खुलेको छैन । स्रोेतका अनुसार बैकंमा जम्मा भएको नोट गणना गर्दा नक्कली भएको थाहा भएको छ । एउटै नम्बरको रहेको उक्त नोट भेटिएपछि आर्थिक कारोबारमासमेत सचेत हुनुपर्ने बताइएको छ ।