पुर्वी अछामको कमलबजारमा लाग्ने घाँसे मेला नहुने – Kanika Khabar
Monday, May 6Nepali News Portal

पुर्वी अछामको कमलबजारमा लाग्ने घाँसे मेला नहुने

    मा प्रकाशित

कनिका खबर
असोज १, अछाम
पुर्वी अछामको कमलबजारमा लाग्ने प्रसिद्ध घाँसे मेला यस बर्ष नहुने भएको छ । हरेक बर्ष असोज १ गते लाग्ने मेला कारोना भाइरसको जोखिम बढ्न सक्ने सम्भावना भएकाले यस बर्ष कमल बजारमा कुनै पनि मेला पर्व नहुने कमलबजार नगरपालिकाका नगर प्रमुख ओम प्रकास बिष्टले जानकारी दिनुभयो । हरेक बर्षको कन्या संक्रातीका दिन लाग्ने मेलामा अछामी संकृती संग जोडिएका देउडा खेल , न्याउले खेल खेलिनुका साथै टाढा टाढा रहेका आफन्तजन संग भेटघाट गर्ने गरिन्छ । तर यस बर्ष भने विश्वब्यापी रुपमा फैलिएको माहामारीका कारण मेला नहुने भएको हो । नगर प्रमुख बिष्टले कमलबजारका सबै वडामा जानकारी गराइसकेको र गत बर्षका जस्तो आज दिउँसोनै त्रिपाल हालेर ब्यावसाय सन्चालन गर्ने गरेको भए पनि यस बर्ष केहि पनि गर्न नदिएको बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्