राप्रपाको ‘हलो’ मा सहमति – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

राप्रपाको ‘हलो’ मा सहमति

    मा प्रकाशित

कनिका खबर

असोज ५, दाङ ।
अन्ततः राष्ट्रिय प्रजातन्त्र पार्टीमा चुनाव चिह्न हलो रहने सहमति भएको छ । राप्रपा र राप्रपा (संयुक्त)बीच एकीकरण भए पनि निर्वाचन चिह्नबारे सहमति हुन नसक्दा एकता नै धरापमा पर्न सक्ने स्थिति पैदा भएको थियो ।

अन्ततः चुनाव चिह्न हलोमा सहमति जुटेको छ । त्यसैगरी एकीकृत पार्टीमा ३ जना अध्यक्ष रहने सहमति भएको छ । विवाद सल्झिएपछि सो पार्टी मंगलबार निर्वाचन आयोगमा ‘राष्ट्रिय प्रजातन्त्र पार्टी’ नाममा नयाँ दलका रुपमा दर्ता हुने भएको छ ।

राप्रपामा अब कमल थापा र पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनी तीनैजना अध्यक्ष रहनेछन् । हाललाई ३२७ सदस्यीय कार्यसमिति रहने भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्