भारतका रेल राज्यमन्त्री अंगडीको कोरोनाका कारण निधन – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

भारतका रेल राज्यमन्त्री अंगडीको कोरोनाका कारण निधन

    मा प्रकाशित

कनिका खबर
असोज ८, दाङ ।
नोबेल कोरोना भाइरसको सङ्क्रमणका कारण भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अंगडीको निधनभएको छ । ६५ वर्षका मन्त्री अंगडीको दिल्लीस्थित एम्स अस्पतालमा उपचारको क्रममा हिजो बेलुका निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । सेप्टेम्बर ११ मा कोरोना पुष्टि भएपछि उनलाई एम्स अस्पताल भर्ना गरिएको थियो ।
मन्त्री अंगडीले आफै ट्वीट गरेर कोरोना सङ्क्रमणको जानकारी गराएका थिए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उनको निधनप्रति दुःख व्यक्त गरेका छन् । अंगडी कर्नाटकको चन्नबसप्पाको बेलगामबाट लोकसभाका लागि निर्वाचित भएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्