बितेको २४ घण्टामा काठमाडौँ जिल्लामा ६९७ संक्रमित थपिए – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

बितेको २४ घण्टामा काठमाडौँ जिल्लामा ६९७ संक्रमित थपिए

    मा प्रकाशित

कनिका खबर
असोज १४, काठमाडौं

काठमाडौँ उपत्यकामा कोरोना संक्रमित थपिने दर बढेको छ ।

बितेको २४ घण्टामा काठमाडौँ जिल्लामा ६९७ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकाका ३ जिल्लामा ९०२ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौँमा २७४ महिला र ४२३ पुरुषसहित ६९७ संक्रमित थपिएका छन् ।

त्यस्तै भक्तपुरमा ५३ महिला र ४० पुरुषसहित ९३ जनामा संक्रमण पुष्टि भएको छ । ललितपुरमा ४६ महिला र ६६ पुरुषसहित ११२ जनामा कोरोना पुष्टि भएको छ ।

बितेको २४ घण्टाको अविधमा देशभर १ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै थप ७ जना संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ४९८ पुगेको छ ।

आजै १ हजार ५७ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म कोरोनालाई जितेर घर फर्कनेको संख्या ५६ हनार ४२८ पुगेको छ । सक्रिय संक्रमितको संख्या २० हजार ८९१ पुगेको छ ।

मन्त्रालयका अनुसार २० हजार ८९१ जना आइसोलेसनमा छन् भने ५ हजार ४२८ जना क्वारेन्टिनमा छन् ।

यसअघि मंगलबार १० जनाको मृत्यु भएको थियो । ७३१ जनाले कोरोनालाई जित्दा १ हजार ५१३ जनामा संक्रमण पुष्टि भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्