अन्तशुल्क करको दर घटाउने सरकारको निर्णय – Kanika Khabar
Monday, May 6Nepali News Portal

अन्तशुल्क करको दर घटाउने सरकारको निर्णय

    मा प्रकाशित

कनिका खबर
असोज १६, काठमाडौं
सरकारले आर्थिक ऐन २०७७ अनुसार अन्तशुल्क करको दर घटाउने निर्णय गरेको छ । मन्त्रीपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता प्रदीप कुमार ज्ञवालीले हिजो यस्तो जानकारी गराउनुभएको हो । त्यस्तै उद्योग मन्त्रालय अन्तरगतको एकल सेवा विन्दु केन्द्र र खानी विभागका लागि अधिकृत तहको २८ अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय गरेको छ । सरकारले एसिड पीडितका नाममा चन्दा सहयोग उठाउन नपाउने र त्यस्तो कसुर सम्बन्धी मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने गरी तोक्ने निर्णय गरेको छ । सरकारले लोकसेवालाई नियमित अवस्थामा पदपूर्तिको काम गर्न बाटो पनि खुला गरिदिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्