कनिका खबर
असोज २१, सिन्धुपाल्चोक ।
तातोपानी निाका फेरि बन्द भएको छ । तीन महिनापछि खुलेको तातोपानी नाका एक दिनमै फेरि बन्द भएको छ । आइतबार सामग्री लोड, अनलोड गरेर सोमबार सामग्री नेपाल भित्रिएपछि नाका फेरि बन्द भएको हो ।
भन्सार सामाग्री लोड अनलोड गर्ने मजदुरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नाका बन्द छ । कोरोना पुष्टि भएपछि चीनले एकतर्फी रुपमा आयात बन्द गरेको हो । तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका अधिकृत रामचन्द्र ढकालका अनुसार नाका खुल्दा भित्रिएका १२ कन्टेनरका सामग्रीको भन्सार भएको छैन । ती सामग्रीको डकुमेन्ट मिल्ने क्रम बाँकी छ । चीनबाट आएका अन्य थप सामग्री मितेरी पुलपारी नै भुँईंमा थन्क्याइएको छ ।
मा प्रकाशित