मुम्बई इन्डियन्स जारी आईपीएल लिगको शीर्ष स्थानमा – Kanika Khabar
Saturday, May 18Nepali News Portal

मुम्बई इन्डियन्स जारी आईपीएल लिगको शीर्ष स्थानमा

    मा प्रकाशित

कनिका खबर
कार्तिक ८, दाङ

मुम्बई इन्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । सारजाहमा गयराति भएको खेलमा चेन्नई सुपर किङ्सलाई १० विकेटले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो । टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षमितमा १ सय १४ रन बनाएको थियो । १ सय १५ रनको लक्ष्य मुम्बईले १२ ओभर २ बलमा बिना विकेटको क्षतिमा पुरा गर्यो । जितसँगै मुम्बईले १० खेलमा ७ जितसहित १४ अङ्क जोडेको छ भने चेन्नईले ११ खेलमा ६ अङ्क जोडेपनि लिग चरणमै रोकिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्