आज सामान्यतया मौसम सफा रहने पूर्वानुमान – Kanika Khabar
Friday, May 1Nepali News Portal

आज सामान्यतया मौसम सफा रहने पूर्वानुमान

    मा प्रकाशित

कनिका खबर
कार्तिक १५, काठमाडौं
मुलुकका अधिकांश क्षेत्रको मौसम आज सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायुको प्रभावले पहाडी क्षेत्रमा भने आंशिक बलदी हुने भएको छ । अहिले उल्लेखनीय मौसमी प्रणाली छैन, तर बिस्तारै चिसो बढ्ने क्रममा रहेको महाशाखाले जनाएको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । आज राति प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । महाशाखाका मौसमविद राजु प्रधानाङ्गका अनुसार अब क्रमिक रुपमा चिसो बढ्दै जाने छ । तापक्रम कम हुने क्रम जारी रहेकाले चिसो बढ्दै जाने उहाँको भनाइ छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्