कनिका खबर
कार्तिक १६, काठमाडौं
सरकारले अबको एक महिनाभित्र काठमाडौंको फोहोर व्यवस्थापन बञ्चरेडाँडा ल्याण्डफिल साइटमा सुरू हुने दावी गरेको छ । हिजो दिउँसो बञ्चरेडाँडा ल्याण्डफिल साइटको निरीक्षण गर्न पुग्नुभएका शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले अब कुनै पनि बहानामा आलटाल नगरी तोकिएकै समयमा फोहोर व्यवस्थापन गरिसक्न निर्देशन पनि दिनुभएको छ । अहिले फोहोर बिर्सजन भैरहेको सिसडोल ल्याण्डफिल साइटको निरीक्षण गरेपछि उहाँ बञ्चरे ल्याण्डफिल साइटको निरीक्षण गर्न पुग्नुभएको हो । पहिलो र दोस्रो चरणको निर्माणको अन्तिम चरणमा पुगेको बञ्चरे ल्याण्डलफिल साइटमा निर्माणको प्रगतिबारे जानकारी लिँदै उहाँले निर्माण कम्पनीका प्रतिनिधिलाई मंसिर १५ गते भित्र फोहोर बिर्सर्जन गर्न मिल्नेगरी काम सक्न निर्देशन दिनुभएको बताउनुभयो । काठमाडौं र ललितपुर दुई महानगरसहित उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन हुने ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न लिचेड पाखरीको निर्माण भइरहेको छ ।
मा प्रकाशित