सिन्धुलीमा कक्षा ११ को परीक्षा कात्तिक २१ गतेदेखि सुरु हुने – Kanika Khabar
Wednesday, May 1Nepali News Portal

सिन्धुलीमा कक्षा ११ को परीक्षा कात्तिक २१ गतेदेखि सुरु हुने

    मा प्रकाशित

कनिका खबर
कार्तिक १७, सिन्धुली
सिन्धुलीमा कोभिड–१९ का कारण रोकिएको माध्यमिक विद्यालय तहको कक्षा ११ को परिक्षा यहि कात्तिक २१ गतेदेखि सुरु हुने भएको छ । शिक्षा विकास तथा समन्वय इकाईका अनुसार जिल्लाका नौ वटै स्थानीय तहका शिक्षा शाखा प्रमुख, पेशागत संगठनका प्रमुख र विद्यालयका प्रधानाध्यापकहरु बीच कात्तिक २१ गदेदेखि परीक्षा सुरु गर्ने सहमति भएको छ । ईकाई प्रमुख नेत्रप्रसाद गजुरेलले राष्ट्रिय परिक्षा बोर्डले कोभिड–१९ का कारण रोकिएको कक्षा ११ को परिक्षा विद्यालय आफैले सञ्चालन गर्ने कार्य विधि बनाएको जानकारी दिनुभयो । उहाँका अनुसार उक्त परिक्षामा सिन्धुलीका क्याम्पस सहित ६३ वटा माविका कक्षा ११ मा अध्ययनरत तीन हजार १५० विद्यार्थी सहभागि हुने छन् ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्