कनिका खबर
कार्तिक २१, काठमाडौं
पटक पटक सर्दै आएको नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक फेरि सरेको छ । आजका लागि बोलाइएको बैठक अन्तिम समयमा आएर सरेको हो । अब बैठक सोमबार कात्तिक २४ गते बस्ने गरी तय भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । एक महिनादेखि काँग्रेस बैठक सर्दै आएको छ । बैठक बस्नुअघि नै पार्टीले गर्ने निर्णयबारे सहमति नजुटेपछि बैठक तीन दिन पर सारिएको हो । कोरोना महामारीका कारण फागुनमा तोकिएको १४ औँ महाधिवेशन नहुने भएपछि अर्को मिति कहिले तोक्ने भन्नेमा काँग्रेसभित्र मतभेद छ । संस्थापन पक्षले आउँदो भदौमा महाधिवेशन गर्न प्रस्ताव गरे पनि वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले जेठ वा त्यसभन्दा अघि नै महाधिवेशन हुनुपर्ने अडान राखेको छ ।
मा प्रकाशित