राजतन्त्रको पक्षमा प्रदर्शन बाक्लिदै – Kanika Khabar
Monday, May 6Nepali News Portal

राजतन्त्रको पक्षमा प्रदर्शन बाक्लिदै

    मा प्रकाशित

कनिका खबर
मंसिर १०, दाङ ।
पछिल्लो अवस्थामा राजतन्त्रको पक्षमा प्रदर्शन बाक्लिन थालेको छ । गणतन्त्र पश्चात राजनीतिक दलहरुमा देखिएको खिचातानी र राजनीतिक अस्थिरताका कारण राजाको पक्षमा नारा जुलुस हुन थालेको छ । आज बुधबार पनि पोखरा र जनकपुरमा एकैदिन राजावादीहरुले शक्ति प्रर्दशन गरेका छन्।

राजसंस्थाको माग गर्दै पोखरा र जनकपुरमा मोटरसाइकल र्‍याली समेत निकालियो ।

पूर्व राजा ज्ञानेन्द्र शाहको पक्ष, नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्नुपर्ने र २०४७ सालको संविधान लागु गर्नुपर्ने माग गर्दै नेपाल राष्ट्रवादी समूहले र्याली निकालेको हो।

बुधबार पोखरा र जनकपुरधामका विभिन्नबाट नेपाल राष्ट्रवादी समूहले राजतन्त्र फर्काउनु पर्ने माग गर्दै राष्ट्रिय झण्डा बोकेर सयौंको संख्यामा मोटरसाइकल जुलुस निकालेको हो।

पूर्व राजाको पक्षमा नारा लगाउँदै उनीहरुले नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्नुपर्ने, राजसंस्था पुर्नस्थापना हुनुपर्ने लगायतका माग राखेका थिए। उनीहरुले राजा आउ देश बचाउको नारा समेत लगाएका थिए।
यसअघि पनि बुटवल लगायत देशका विभिन्न स्थानमा राजतन्त्रको पक्षमा प्रदर्शन भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्