मा प्रकाशित
सुर्खेत, १३ मंसिर ।
सुर्खेतमा नक्कली प्रहरी बनेर ठगी गर्ने एक जना पक्राउ परेका छन् ।
प्रहरी हुँ भन्दै ठगी गर्ने वीरेन्द्रनगर-३ तातापानी बस्ने कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका(४ कालीकोटका २८ वर्षीया विलबहादुर धामीलाई प्रहरीले पक्राउ गरेको हो ।
नक्कली प्रहरी बनेर समुदायका नागरिकबाट रकम अशुल्ने र धम्काउने गरेको गोप्य सूचनाको आधारमा धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।
धामीको साथबाट १२ हजार नगदसमेत प्रहरीले बरामद गरेको छ ।