छोराको सम्झनामा अपांग महाविरलाई सहयोग – Kanika Khabar
Thursday, May 9Nepali News Portal

छोराको सम्झनामा अपांग महाविरलाई सहयोग

    मा प्रकाशित

दाङ,१५ मंसिर । घोराहीमा एक परिवारले आफ्नो छोरोको पुन्यतीथिका अवसर पारेर अपांगताका भएका एक व्यक्तिलाई आर्थिक सहयोग गरेको छ ।

घोराही उपमहानगरपालिका– १५ मनकामना टोल निवासी नरबहादुर जिसीको परिवारले कान्छो छोरा प्रशंन्नवावु जिसीको सम्झनामा आइतवार घोराही उपमहानगरपालिका–१५ को कोठेकोहलमा बस्दै आएका शारिरीक अपांग महाविर रोकालाई नगद पाँच हजार रुपैया सहयोग गरेको हो ।

मृत आत्माको शान्तिको कामना गर्दै परिवारको तर्फबाट मृतक जिसीका दाजु प्रवेश जिसीले रोका बस्दै आएको घरमा पुगेर हस्तान्तरण गरेका थिए । १४ बर्षीय जिसीको मंसिरको ३ गते निधन भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्