मा प्रकाशित
फागुन १३, दाङ ।
प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेट भएकाे छ । नेपालकाे राजनीतिक तरलताका बेला भएकाे याे भेटलाई महत्त्वपूर्ण रूपमा हेरिएकाे छ ।
सभापति देउवालाई भेट्न आज बिहीबार साँझ देउवा निवास बुढानिलकण्ठमा राजदूत क्वात्रा पुगेका थिए । भेटमा उनले नेपालको पछिल्लो राजनीतिक विषयबारे चासो राखेको जनाइएको छ ।
भेटका क्रममा अन्य के के छलफल भयाे भन्ने विषयमा खुलाइएको छैन ।