लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता – Kanika Khabar
Monday, April 29Nepali News Portal

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

    मा प्रकाशित

बैशाख २६, रुपन्देही ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पुनः अविश्वास प्रस्ताव दर्ता भएको छ।

आज नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा पार्टीका सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । अविश्वास प्रस्तावमा माओवादी संसदीय दलका नेता कुलबहादुर केसीलाई मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरिएको छ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसका संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडीको नेतृत्वमा चारै दलका ४० जना सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन्। अहिले ७९ सदस्य रहेको प्रदेश सभामा बहुमत सदस्यले हस्ताक्षर गरेका हुन्।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्