मा प्रकाशित
बैशाख ३१, काठमाडौँ ।
नेकपा एमालेका अध्यक्षका केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज साँझ ६ बजे सिंहदरबारमा भेटवार्ता हुने भएको छ ।
आजको वार्तामा भने ओली र नेपालले आफू निकट नेताहरुलाई पनि सामेल गराउने भएका छन् । वार्तामा जाने नेपाल समूहका नेताहरुको टुंगो लागेको छ । ओलीसँगको वार्तामा नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, गोकर्ण बिष्ट र रघुजी पन्त सहभागी हुने जनाइएको छ ।
ओली तर्फबाट कोको सहभागी हुने भन्ने टुंगो लागेको छैन ।