सञ्जीवनी नर्सिङ कलेजले लियो कोरोनाका बिरामी र स्वास्थ्यकर्मीको खाजाकाे जिम्मा – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

सञ्जीवनी नर्सिङ कलेजले लियो कोरोनाका बिरामी र स्वास्थ्यकर्मीको खाजाकाे जिम्मा

    मा प्रकाशित

घोराही, १ जेठ
सञ्जवनी नर्सिङ कलेज   घोराहीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई महिनाको खाजा खर्च सहयोग गर्ने भएको छ ।

नेपाल सञ्जीवनी ईन्स्च्यिूट अफ हेल्थ साईन्स प्रा.लिले राप्ती कोरोना भाईरसको महामारीको समयमा राप्ती स्वास्थ्य प्रतिष्ठानमा कोरोना उपचारमा खटिने स्वास्थ्यकर्मी र कोरोनाका बिरामीहरुको दुई महिनाको खाजाखर्च बेहोर्ने भएको छ ।

प्रालिको बैठकले प्रतिष्ठानमा कोरोना भाईरस संक्रमणबाट उपचार गराईरहेका बिरामीहरु र उपचारमा खटिने स्वास्थ्यकर्मीहरुको जेठ र असार महिनाको खाजा खर्च ब्यहोर्ने निर्णय भएको प्रालिका प्रबन्ध निर्देशक खड्गबहादुर बुथाथोकीले जानकारी दिनुभयो ।

सञ्जीवनी कलेजले विभिन्न सामाजिक कार्यहरुमा क्रियाशील रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्