के छ नागरिकता सम्बन्धि अध्यादेशमा ? (संशोधनको पूर्णपाठ) – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

के छ नागरिकता सम्बन्धि अध्यादेशमा ? (संशोधनको पूर्णपाठ)

    मा प्रकाशित

 

जेठ ९, दाङ ।
विगत दुई वर्षदेखि संसदमा छलफलका लागि अड्किएको नागरिकता सम्बन्धी अध्यादेह सरकारले आज जारी गरेको छ ।

योसँगै लामो समयदेखि रोसकएको नागरिकता वितरण गर्ने गरी बाटो खोलेको हो ।

अध्यादेशमा २०७२ साल असोज ३ गतेअघि जन्मको आधारमा नेपालको नागकिरता पाएकाको सन्तान वालिग भएपछि बंशजको नागरिकता दिने व्यवस्था गरिएको छ । तर त्यस्ता व्यक्तिले आमा र बाबु दुबैको नागरिकता पेश गर्नुपर्नेछ ।

त्यस्तै नेपाली आमाबाट नेपालमै जन्म भएको तर बाबुको पहिचान नभएका व्यक्तिलाई समेत नेपालको बंशजको नागरिकता दिइने व्यवस्था गरिएको छ ।

तर पछि पहिचान हुँदा बाबु विदेशी रहेको देखिए स्वतः अंगीकृत नागरिकतामा रुपान्तरण हुने व्यवस्था समेत अध्यादेशमा समावेश गरिएको छ ।

नेपाली आमाबाट नेपालमै जन्म भएको तर बाबुको पहिचान हुन नसकेको र आमाको होसहवास नभएको र आमाको मृत्यु भइसकेको भए नागरिकता लिने आफैले स्वघोषणा गरेर निवेदन दिनुपर्ने व्यवस्था राखिएको छ ।

No description available.

No description available.

No description available.

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्