यास चक्रवातको असर : शनिबारसम्म मुलुकभर वर्षा – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

यास चक्रवातको असर : शनिबारसम्म मुलुकभर वर्षा

    मा प्रकाशित

जेठ १३, दाङ ।
आगामी शनिबारसम्म मुलुकभर वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । महाशाखाले बिहान ६ बजे जारी गरेको पूर्वानुमान बुलेटिनअनुसार अहिले पनि प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा वर्षा भइरहेको छ ।

यास चक्रवातको असरले मुलुकका अधिकांश भूभागमा वर्षा भएको छ महाशाखाले जनाएको छ ।
आज दिउँसो प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा वाग्मती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशका हिमाली र उच्च पहाडी भू(भागमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैबिच गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबारसम्म उच्च वर्षासँगै बाढी पहिरोको जोखिम उच्च भएकाले सतर्क रहन आह्वान गरेको छ ।

हिजो बुधबार साँझ विज्ञप्ति जारी गर्दै प्राधिकरणले जोखिम क्षेत्रका बस्तीलाई तत्काल सुरक्षित स्थानमा सार्न सरोकारवाला निकायसँग आग्रह गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्