असार ९, दाङ ।
असार १७ गतेदेखि नेपालमा आन्तरिक हवाई उडान असार १७ गतेदेखि सञ्चालन हुने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यात्रु क्षमता ५० प्रतिशतले नबढ्ने गरी सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
बुधवार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभिन्न वायुसेवा कम्पनीहरूलाई दुईतर्फी उडान स्वीकृति प्रदान गर्ने विषयमा पत्राचार गरेर यस्तो जानकारी गराएको प्राधिकरणका प्रवक्ता राजकुमार छेत्रीले जानकारी दिए ।
तर, उडानका लागि खुला गरिएका गन्तव्यहरुको विवरण भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त भएपछि पत्राचार गरिने जनाइएको छ ।