साहित्यमा प्रविधिको प्रभाव – Kanika Khabar
Monday, May 6Nepali News Portal

साहित्यमा प्रविधिको प्रभाव

    मा प्रकाशित

दाङ,१९ असार ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले साहित्यमा प्रविधिको प्रभाव र चुनौती विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

परिषद् दाङ शाखाले भर्चुअल जुममार्फत सप्तरङ्गी अक्षरयात्रा–२०७८ को छटौँ कार्यक्रम अन्तर्गत अन्तर्क्रिया कार्यक्रम शनिवार गरेको हो । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा ‘समीर’को अध्यक्षता एवम् वरिष्ठ कवि गीतकार दिनेश अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

साहित्यमा प्रविधिको प्रभाव र चुनौती विषयक अन्तर्क्रिया कार्यक्रममा वक्ता कवि, गीतकार रमेश क्षितिज र कवि, कथाकार ज्योति जङ्गलले आफ्ना विचारसंगै सहभागीका जिज्ञासाको समाधान गरेका थिए ।

कार्यक्रममा देशका विभिन्न जिल्ला तथा अन्तर्राष्ट्रिय रूपमा समेत सहभागीता रहेको थियो । जुममार्फत सञ्चालन गरिएको कार्यक्रममा वरिष्ठ साहित्यकारहरू प्रा.केशव सुवेदी, डा अमर गिरी, डा.अमर शाह, उषा शाह, मनोहर लामिछाने, नारायण नेपाल, नरेशजङ्ग राणा, टिकाराम उदासी, कमलमणि देबकोटा, डा पूर्ण भण्डारी ‘पंकज’, डा केशव शर्मा, रमेश सुवेदी, डा. लोकराज पराजुली, केशवराज देबकोटा, डा प्रेम योगी, हरी पोख्रेल, निमबहादुर थापा, सन्तोष श्रेष्ठ, डिल्लीराज श्रीधरको सहभागिता रहेको थियो ।

कार्यक्रम साहित्यकारहरू दीप दर्पण, प्रबल बिष्ट, सन्धा रेग्मी, विष्णु शर्मा, यम रेग्मी, विपिन घिमिरे, नवीन लोचन मगर, सुदामा ऋषि, धनश्याम अस्तित्व, मुकुन्द शर्मा, शारदा शर्मा, बिमला खनाल, सिर्जना शर्मा, सन्धन नेपाल, माधव पोख्रेल, सदिक्षा घर्ती, शुशिला आचार्य, निशान्त आचार्य, गुरूप्रसाद कुमाल बुलबुल, आशिष कल्पवृक्ष, बिमला डाँगी विकलता, बसन्त वली बसन्ती, प्रतीक संग्रामी, भिम कुमाखी, तारादेव शर्मा प्रदर्शन, खड्ग शाही, सन्तोष हरदम, डम्बर कार्की , रन्जना चन्द ठकुरी, मनोज पीडित, सन्देश, सफलता श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

साहित्यमा प्रविधिको प्रभाव र चुनौतीू विषयक अन्तर्क्रिया कार्यक्रममा परिषद् दाङ शाखाका उपाध्यक्ष शारदा शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव प्रकाश केसीले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्