मा प्रकाशित
साउन ८, काठमाडौँ ।
काठमाडौँमा शुक्रबार बिहान भूकम्पको धक्का महशुस गरिएको छ ।
आज शुक्रबार बिहान ७ बजेर पाँच मिनेटमा भूकम्पको धक्का धक्का महसुस गरिएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी नजिक केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार बिहान ७ बजेर ५ मिनेट जाँदा ३.५ म्याग्निच्युटको भूकम्प मापन भएको छ ।