राजलाई १४ दिन न्यायिक हिरासतमा राख्न अदालतको आदेश – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

राजलाई १४ दिन न्यायिक हिरासतमा राख्न अदालतको आदेश

    मा प्रकाशित

मुम्बई(बीबीसी)/

फिल्म अभिनेत्री शिल्पा शेट्टीका पति एवं व्यवसायी राज कुन्द्रालाई मुम्बईको मुम्बई उच्च अदालतले १४ दिन न्यायिक हिरासतमा पठाएको छ । मुम्बई प्रहरीले राजलाई पोर्नोग्राफी फिल्म बनाएको र एपमार्फत प्रचार गरेको आरोपमा गत जुलाई २२ मा पक्राउ गरेको थियो ।

अदालतले राजसँगै रायन थार्पलाई पनि १४ दिन न्यायिक हिरासतमा राख्न आदेश दिएको छ । मुम्बई प्रहरीका अनुसार क्राइम ब्राञ्चमा फेब्रुअरी २०२१ मा राजविरुद्ध पोर्नोग्राफी फिल्म उत्पादन र बिक्रीवितरणको आरोपमा उजुरी परेको थियो ।

प्रहरीले यो मामलामा राजको संलग्नताको विषयमा पर्याप्त प्रमाण भेटिएकाे जनाएकाे छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्