‘राष्ट्रिय जनावरका गाई लोप हुँदै, संरक्षण र व्यवस्थापन गर्न आवश्यक ’ – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

‘राष्ट्रिय जनावरका गाई लोप हुँदै, संरक्षण र व्यवस्थापन गर्न आवश्यक ’

    मा प्रकाशित

शिवु खनाल
दाङ, १७ साउन ।
दाङको बगार बाबा गोरक्ष गौधाम रिहारले गौ संरक्षणको क्षेत्रमा निकै सक्रिय भएर काम गर्दै आएको छ । गौशालामा एकसय वटा गाई राखिएका छन् । लमही कोहलपुर सडक खण्ड अन्तरगत पर्ने लौरे रिहार स्थित मन्दिर परिसरमा गौशाला निर्माण गरी गाई राखेर संरक्षण गरिएको छ भने गाईको हेरचाहका लागि एकजना कर्मचारीको समेत व्यवस्था गरिएको छ । एक सय ५० हेक्टर क्षेत्रफलमा २०७२ साल लक्ष्मी पुजाको दिनदेखि रिहारमा गौशालाको सुरुवात गरिएको बगार बाबा गोरक्ष गौधाम संरक्षण सम्र्वद्धन समितिका उपाध्यक्ष नरबहादुर रावतले बताउनुभयो । रिहार बजारबाट पन्ध्रवटा गाई लिएर गौशाला सुरु गरेको हो । लमही नगरपालिका र वडाको आठलाख बजेटमा गोठ निर्माण गरिएको छ । यता लमही नगरपालिका वडा नम्बर ८ निम्बुखुटी टेङ्नै बाबा गौशलामा ३६ वटा गाईगोरुलाई पालनपोषण गरिएको शिवशक्ती बाख्रा विकास सामुदायिक वनका अध्यक्ष जनककुमार बुढाले जानकारी दिनुभयो ।
लमहीका दुईवटा गौशालालाई आर्थिक सहयोग गरिएको छ । कोरोना महामारिको बेलामा परेको समस्यालाई मध्यनजर गरि देउखुरी क्षेत्रमा गढवा र लमहीमा युनिक मोबाइल सेन्टर संचालक एवम् देउखुरी उद्योग बाणिज्य संघ लमहीका सदस्य लुमाकान्त बोहरा, विमला शर्मा बोहराले नगरपालिका क्षेत्रभित्र रहेका दुईवटा गौशालालाई नगद पन्ध्रहजार आर्थिक सहयोग गर्नुभएको हो । शनिवार लमही नगरपालिका वडा नम्बर ९ बगार बाबा गोरक्ष गौधाम रिहार र लमही नगरपालिका वडा नम्बर ८ निम्बुखुटिमा टेङ्नै बाबा गौशला पुगेर नगद आर्थिक सहयोग गर्नुभएको थियो । लकडाउनका बेला गौशालामा रहेका गाईहरुलाई पाल्न समस्या नहोस् भन्ने उद्देश्यले नगरका दुईवटा गौशालालाई नगद पन्ध्रहजार आर्थिक सहयोग गरिएको देउखुरी उद्योग बाणिज्य संघ लमहीका सदस्य लुमाकान्त बोहराले बताउनुभयो ।
बोहराले कोरोनाका कारण समस्यामा परेका बिभिन्न क्षेत्रलाई सहयोग गर्दै आईरहेको र अझै सहयोग गर्दै जाने प्रतिबद्धता ब्यक्त गर्नुभयो । लमही बजार क्षेत्रमा छाडा रुपमा छोडिएका पशुचौपायाहरुको पालनपोषण गरिरहेको नगरका दुईवटा गौशालालाई आर्थिक सहयोग गरिएको हो । ‘राष्ट्रिय जनावरका रूपमा रहेको गाई लोप हुँदै गएको अवस्थामा यसलाई सबै मिलेर संरक्षण गर्नुपर्ने बताउनुहुदँै, नगरमा स्थापित गौशालालाई स्थानीय मिलेर संरक्षण र व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ छ । जिल्लाको मुख्य समस्याका रुपमा रहेको छाडा गाईगोरुकोलाई संकलन गरेर पालनपोषण गरिरहेकाले यस अभियानमा सबैको सहयोगको आवश्यकता रहेको विमला शर्मा बोहराले बताउनुभयो । लमही नगरपालिका वडा नम्बर ९ बगार बाबा गोरक्ष गौधाम रिहार र लमही नगरपालिका वडा नम्बर ८ टेङ्नै बाबा गौशलाले अहिले बजार क्षेत्रमा छोडिएका करिब दुईसय वटा गाईगोरुलाई पालनपोषण गरिरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्