दाङ, १९ साउन ।
पत्रकार शिबु खनालले आफ्नो जन्म दिनको अवसरमा रक्तदान गरेका छन । नेपाल रेडक्रस सोसाइटी उपशाखा लमहीमा पुगेर पत्रकार खनालले रक्तदान गरेका हुन । रगतको अभावमा धेरै मानिसले अकालमा ज्यान गुमाएको सुन्नमा आउने गर्छ, मैले दिएको रगत दीनदुखी, गरिव असहाय जस्ता बर्गका मानिसले सजिलै सङ्ग पाउन सकुन भनेर मैले रक्तदान गरेको हुँ”- पत्रकार खनालले भने ।
जन्म दिनमा हजारौं रुपैयाँ खर्च गरेर रमाइलो गर्नु भन्दा सामाजिक कार्य गरेर समाजलाई सहयोग पुगाउनु पर्छ”- खनालको भनाई छ । यस अघि उनले लमही अस्पतालमा पुगेर त्यहाँ उपचाररत बिरामीलाई फलफुल बाँडेका थिए । उनले आफ्नो हरेक वर्षको जन्म दिनमा फरक फरक सामाजिक काम गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
पत्रकार खनाल दाङ्गबाट प्रकाशित गणतन्त्र राष्ट्रिय दैनिक, कनिका खबर अनलाइन, उज्यालो नेटवर्क अनलाइन पत्रीका काठमाण्डौ, मिसन टुडे नेपालगन्ज, दैनिक पत्र बुटवल जस्ता सञ्चार माध्यममा आबद्ध छन ।