शिवु खनाल
दाङ, १९ भदौ ।
अढाई जातको माछाले टाेक्दा दाङमा एकजनाकाे मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर १ सुन्डबरी निवासी ४९ वर्षिय खिमबहादुर घर्तीकाे अढाई माछाले टाेकेरे उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
प्रहरीका अनुसार शनिबार दिउँसो दुईबजे घर नजिकैकाे कुलोमा अढाई माछा छाेपेर मुखले माछाकाे टाउकाे थिचेर घाइते बनाइ प्लास्टिकमा राखेका थिए र केही बेरपछि घर्ती एक्कासी बेहोस भइ उपचारको लागि लमही अस्पतालमा मृत्यु भएको हाे ।
खाना खाएर दिउँसोको समयमा माछा मार्न भनी घर नजिकैको कुलोमा श्रीमती र श्रीमान् दुबैजना पुगेका थिए । शवलाई अहिले पाेष्टमार्टमकाे लागि लमही अस्पतालकाे शव गृहमा राखिएको छ ।