काङ्ग्रेस महाधिवेशन अन्याैलमा : निर्वाचन प्रमुखले दिए राजीनामा – Kanika Khabar
Tuesday, May 7Nepali News Portal

काङ्ग्रेस महाधिवेशन अन्याैलमा : निर्वाचन प्रमुखले दिए राजीनामा

    मा प्रकाशित

भदाै २४ , दाङ ।

नेपाली काङ्ग्रेसकाे चौधौँ महाधिवेशन अन्याैलमा परेकाे छ । महाधिवेशनका निर्वाचन प्रमुख महादेव यादवले निर्वाचन प्रमुख पदबाट राजीनामा दिएपछि अन्याैलता छाएकाे हाे । उनको राजीनामासँगै कांग्रेसको महाधिवेशन के हुने भन्ने अन्यौल भएको छ ।
कांग्रेस उच्च स्रोतका अनुसार यादवले निर्वाचन प्रमुख पदबाट राजीनामा दिएका छन् । ‘यादवले निर्वाचन प्रमुख पदबाट राजीनानामा दिनु भएको छ,’ कांग्रेस उच्च स्रोतले भन्यो ‘उहाँको राजीनामा चानचुने कुरा हैन, अब महाधिवेशन के हुने भन्ने अन्यौलता पैदा भएको छ ।’

 

स्रोतका अनुसार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा देखिएको बिबादका कारण यादवले राजीनामा दिएका हुन् । ‘सभापति देउवाको गृहजिल्लामा देखिएको बिबाद र त्यो बिबाद समाधानका लागि दिईएको दबाबका कारण उहाँको राजीनामा आएको हो,’ स्रोतले भन्यो ‘सभापति ज्यूकै गृहजिल्लाको बिबादका कारण आएको राजीनामाले कांग्रेसका बाँकी अधिवेशन प्रभावित हुने देखियो ।’ यद्यपी कांग्रेसको केन्द्रीय कार्यालयले भने यादवको राजीनामाको पुष्टि गरिसकेको छैन ।

कांग्रेसको चौधौँ महाधिवेशन अन्तर्गत वडा अधिवेशनहरु सम्पन्न भएका छन् । अब जिल्लामा नगर, क्षेत्र संगै जिल्ला अधिवेशन बाँकी छन् । वडा अधिवेशन सम्पन्न भएसंगै कांग्रेस नेताहरु नगर, क्षेत्र, तथा जिल्ला अधिवेशनको तयारीमा सकृय छन् । तर निर्वाचन प्रमुखकै राजीनामा आईसकेकाले बाँकी अधिवेशनको अनिश्चितता बढेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्