काङ्ग्रेस अधिवेशन : ६४ जिल्लामा नगर अधिवेशन – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

काङ्ग्रेस अधिवेशन : ६४ जिल्लामा नगर अधिवेशन

    मा प्रकाशित

असाेज ९, दाङ ।                                                           नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज शनिबार ६४ जिल्लाका पालिकामा अधिवेशन शुरू हुँदैछ ।

वडा अधिवेशन सम्पन्न भएका जिल्लाको पालिका एवम् नगर अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

क्रियाशील विवाद कायम रहेका जिल्लामा कहिले अधिवेशन गर्ने भन्नेबारे निर्णय हुन बाँकी छ ।

काठमाडौँको नगर अधिवेशन भने यही असोज १६ गते हुनेछ । दश प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २० प्रदेशसभा निर्वाचन क्षेत्र रहेको काठमाडौँमा काठमाडौँ महानगरपालिकासहित ११ स्थानीय तह र १३८ वडा रहेका छन् ।

शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले पार्टीको १४ औं महाधिवेशनको मिति नसर्ने स्पष्ट पारेको थियो ।पार्टीको केन्द्रीय महाधिवेशन मंसिर ९-१३ गते हुनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्