दाङमा झण्डै ५० किलो सुकुटीसहित दुईजना पक्राउ – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

दाङमा झण्डै ५० किलो सुकुटीसहित दुईजना पक्राउ

    मा प्रकाशित

शिवु खनाल
दाङ, १८ असोज ।
दाङ देउखुरीबाट जंगली जनावरको सुकुटी सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नम्बर ७ लैबरुवा निवासी वर्ष २८ वर्षिय बलबहादुर कुमाल र सोही गाउँ निवासी वर्ष २८ वर्षिय मीनबहादुर वली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

गएराती एक बजेको समयमा राजपुरको कालिपुरुवाबाट सतबरिया तर्फ आउँदै गरेको रा ३ प ३०६० नम्बरको मोटरसाइकललाई शंका लागि नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा चामलको कट्टामा अन्दाजी २२ किलो र अर्को कट्टामा २५ किलो सुकुटी फेला परेको प्रवक्ता रिजालले बताए ।

नियन्त्रणमा रहेका उनीहरुले जंगली जनावरको भनेर बयान दिएको तर त्यो सुकुटी परिक्षण पछि मात्र केको हो भनेर पत्ता लाग्ने प्रवक्ताको भनाई छ । पक्राउ परेकाहरूलाई कानूनी प्रक्रिया पूरा गरि डिभिजन वन कार्यालय देउखुरीलाई बुझाउने प्रवक्ता रिजालले बताए । पछिल्लो समय यता प्रहरी र वन कार्यालय लमहीले सक्रियता बढाएपछि धमाधम त्यस्ता काममा संलग्नता भएका व्यक्तिलाई पक्राउ गर्दै आएको छ ।।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्