जर्मनी, कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि छनोट – Kanika Khabar
Friday, May 3Nepali News Portal

जर्मनी, कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि छनोट

    मा प्रकाशित

जर्मनी आगामी वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि छनोट हुने पहिलो टिम बनेको छ ।विश्वकपको युरोपियन छनोट अन्तर्गत गयराति नर्थ म्यासेडोनियालाई ४–० गोल अन्तरले पराजित गर्दै जर्मनी दुई खेल अगाबै विश्वकपका लागि छनोट भएको हो ।

 

जर्मनीको जितमा टिमो वेर्नरले दुई गोल गर्नुभयो । काइ हाभर्ट्ज र जमाल मुसियालाले भने एक–एक गोल गर्नुभयो ।हाभर्ट्जले खेलको ५० औं मिनेटमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाउनुभएको थियो ।वेर्नरले ७० औं र ७३ औं मिनेटमा लगातार दुई गोल गर्दा जर्मनीले ३–० को अग्रता बनायो ।त्यसपछि मुसियालाले खेलको ८० औं मिनेटमा गोल गर्दै जर्मनीलाई ४–० को जित दिलाउनुभयो ।

 

जितसँगै समूह ‘जे’ बाट जर्मनीले दुई खेल अगाबै विश्वकपमा आफ्नो सिट पक्का गरेको हो ।यस समूहमा जर्मनी ८ खेलमा २१ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ ।अब जर्मनीले लिचेस्टाईन र अर्मेनियासँग खेल्नेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्