मा प्रकाशित
कात्तिक १, नुवाकोट ।
नुवाकोटमा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । जिल्लाको किस्पाङ — ५, मानेगाउँमा बस दुर्घटना हुँदा ३० जना घाइते भएका हुन् ।
भाल्चेबाट काठमाडौं आउँदै गरेको बस किस्पाङ–५ मानेगाउँ भन्ने ठाउँमा दुर्घटना भएको हो ।
नुवाकोटका प्रहरी प्रवक्ता हरिबहादुर ओलीले दुर्घटनामा ३० जना घाइते भएको र उनीहरुलाई अस्पताल पठाउने क्रम जारी रहेको जानकारी दिए । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।