वर्षाले कृषि वालीमा क्षति पुर्‍याएका किसानलाई लुम्बिनी प्रदेश सरकारले राहत दिने – Kanika Khabar
Wednesday, May 1Nepali News Portal

वर्षाले कृषि वालीमा क्षति पुर्‍याएका किसानलाई लुम्बिनी प्रदेश सरकारले राहत दिने

    मा प्रकाशित

कार्तिक ३, दाङ ।                                                                         लुम्बिनी प्रदेश सरकारले बर्षाका कारण धान लगायत कृषी उब्जनी नष्ट भएका किसानहरुलाई राहत उपलब्ध गराउने भएको छ । सरकारले क्षतीको लगत संकलनका लागि निर्देशन समेत दिईसकेको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले बर्षाका कारण धान बाली नष्ट भएर समस्यामा परेका किसानहरुलाई राहत उपलब्ध गराउनका लागि संकलन गर्न निर्देशन दिएका हुन् । जिल्लाका कृषी ज्ञान केन्द्रहरु मार्फत कृषी शाखाहरुले क्षतीको लगत संकलन गर्ने र उक्त लगतका आधारमा प्रदेश सरकारले राहत उपलब्ध गराउने छ । ‘मुख्यमन्त्री ज्यूले बर्षाका कारण धान नष्ट भई मारमा परेका किसानहलाई राहत उपलब्ध गराउनका लागि पहल थाल्नु भएको छ,’ प्रदेश सरकारका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्री ईन्द्रजीत चौधरीले भने ‘क्षतीको लगत संकलनका लागि उहाँँले निर्देशन दिईसक्नु भएको छ ।’
गत आईतबार देखि परेको अविरल बर्षाका कारण लुम्बिनी प्रदेशको हजारौँ हेक्टर जमिनमामा लगाईएको धान नष्ट भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्