काठमाडौँ, मंसिर २५ ।
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति पदमा उम्मेदवारी नदिने निर्णय लिएका छन् । उनले केहिबेर अघि बिज्ञप्ती जारी गरेर आफू सभापतिको रेसबाट बाहिरिएको जनाएका हुन् । तथापी पार्टी भित्रका बिकृति बिरुद्ध भने आफ्नो लडाइँ जारी रहने उनले उल्लेख गरेका छन् ।
उनले काङ्ग्रेसमा विचलन आइरहेको बताउँदै आफू सभापतिको उम्मेदवारको रुपमा नरहने पनि बताएका छन् ।
जारी गरेको विज्ञप्तिमा कांग्रेसका गल्तीलाई यसरी औँल्याएका छन् ।
१. मैले बुझ्दै आएको कांग्रेसमा विचलन आएको छ ।
२. पार्टी सत्ताको भर्याङमा सीमित भयो ।
३. संस्थापक नेताहरुको आदर्श र मूल्यलाई निरर्थक बनाइयो ।
४. संसदीय विचलनबाट हात लागेको सत्ता अवसरमा पार्टी रमाइरहेको छ ।
५. १४औँ महाधिवेशनसम्म आइपुग्दा अनेक प्रपञ्च भोगेको छु ।