“लकडाउनकाे उपहार” कविता सङ्ग्रहकाे समीक्षा कार्यक्रम सम्पन्न – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

“लकडाउनकाे उपहार” कविता सङ्ग्रहकाे समीक्षा कार्यक्रम सम्पन्न

    मा प्रकाशित

मंसिर २५, दाङ ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङकाे नियमित कृति समीक्षा कार्यक्रम अन्तर्गत १८३अाैँ श्रृङ्खलामा साहित्यकार मित्र उराठी गाैतमको लकडाउनकाे उपहार कविता सङ्ग्रहकाे समीक्षा कार्यक्रम सम्पन्न भएकाे छ ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवम् वरिष्ठ साहित्य एवं समालोचक डा अमर गिरीकाे प्रमुख आतिथ्यता तथा राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष पुरूषाेत्तम खनालकाे विशिष्ठ आतिथ्यमा भएको हाे ।
साहित्यकार एवं समालोचक निमध्ना घिमिरेले “लकडाउनकाे उपहार’ कविता सङ्ग्रहकाे समीक्षा गर्नु भएकाे थियाे भने साे कविता सङ्ग्रहका लेखक मित्र उराठी गाैतमले अाफ्ना धारणा राख्नु भएकाे थियाे । साहित्यकार मित्र उराठी गाैतम हाल जिल्ला शिक्षा तथा विकास एकाइ दाङमा कार्यालय प्रमुखका रूपमा समेत कार्यरत हुनुहुन्छ ।

कार्यक्रममा प्रगतिशिल लेखक संघका केन्द्रिय सल्लाहकार पद्मप्रसाद शर्मा, लुम्बिनी प्रदेशका संयोजक केशब थापा, लेखक संघ दाङका अध्यक्ष खगराज न्याैपाने, नेपाल पत्रकार महासघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसी, त्रिभुवननगर जेसीजका अध्यक्ष मुकेश्वर शर्मा, राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका सल्लाहकारहरू डा. लाेकराज पराजुली, कमलमणि देवकोटा र नगेन्द्र गुरु साहित्यकारहरू डा.कृष्णराज डिसी, टिकाराम उदासी, खेमराज मल्ल, धनेश्वर पाैडेल,देवेन्द्रकुमार रिजाल, हरिप्रसाद पाण्डेय, चन्द्रप्रकाश देवकोटा, टंकराज गाैतम, प्रकाशचन्द्र घिमिरे, गिरिराज पन्थी, अाशा न्याैपाने, बिदुषा पाण्डे, छमा पराजुली, सरिता देवकोटा, गाेविन्द पाेख्रेल, श्यामा रावत, हरीप्रसाद पौडेल स्वर्णशिखा, शुभाष न्यौपाने, गुरूप्रसाद केसी, हेमबहादुर वली, नारदप्रसाद भण्डारी, विमला डाँगी विकलताफ विना राेका, कृति डिसी, निशान्त अाचार्य, सनत गिरी, प्रमिला शर्मा, सानू कार्की , धनश्याम केसी, श्रवण नेपाली, साैगात गाैतम उम्दा, सुमित पठुवा क्षेत्री, गणेश बिष्ट, बिक्रम वलि, पत्रकारहरू छवि पुरी, लिलाधर वली, रोम थापा, टाेपेन्द्र रोका मगर, हेमराज नेपालीलगायतकाे उपस्थिति रहेकाे थियोे ।
उक्त समीक्षा कार्यक्रममा “लकडाउनकाे उपहार” कविता सङ्ग्रहकाे समीक्षा गर्ने अवसर प्रदान गरेकोमा परिषद् जिल्ला शाखा दाङले साहित्यकार मित्र उराठी गाैतमलाई प्रशंसा-पत्र प्रदान गरिएकाे थियाे ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका उपाध्यक्ष शारदा शर्माकाे स्वागत मन्तव्यबाट शुभारम्भ भएकाे कार्यक्रमकाे सञ्चालन परिषद् जिल्ला शाखा दाङका सचिव प्रकाश केसीले गर्नु भएकाे थियाे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्