२४ घण्टामा झण्डै साढे २ लाख जनाले कोरोनाविरुद्धको खोप लगाए – Kanika Khabar
Wednesday, May 1Nepali News Portal

२४ घण्टामा झण्डै साढे २ लाख जनाले कोरोनाविरुद्धको खोप लगाए

    मा प्रकाशित

पुस ७, दाङ ।
गत २४ घण्टामा झण्डै साढे २ लाख जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा नेपालमा दुई लाख ४७ हजार आठ सय १४ जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन् । योसँगै नेपालमा एक मात्रा खोप लगाउनेको सङ्ख्या एक करोड २२ लाख ५१ हजार एक सय ८३ जना र पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ९७ लाख ३७ हजार तीन सय ३३ जनाले पूर्ण मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।

 

नेपालमा अहिलेसम्म तीन करोड ८५ लाख ३९ हजार तीन सय ६७ मात्रा खोप आएकोमा दुई करोड १९ लाख ८८ हजार पाँच सय १६ मात्रा खोप प्रयोग भएको पनि मन्त्रालयले जानकारी दिएको छ । यसैबीच गत २४ घण्टामा २ सय ९० जनामा कोरोना पुष्टि हुँदा दुई सय ३२ जना सङ्क्रमित निको भएका छन् । तीन जना सङ्क्रमितको भने मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्