फिफा २०२१ को वर्ष खेलाडी पोल्याण्डका लेवान्डोस्की घोषित – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

फिफा २०२१ को वर्ष खेलाडी पोल्याण्डका लेवान्डोस्की घोषित

    मा प्रकाशित

पोल्यान्डका स्ट्राइकर रोवर्ट लेवान्डोस्की, २०२१ को उत्कृष्ट फिफा पुरुष वर्ष खेलाडी घोषित हुनुभएको छ । वायर्न म्युनिकका स्ट्राइकर समेत रहेका लेवान्डोस्कीले लगातार दोस्रो पटक फिफा वर्ष खेलाडीको अवार्ड जित्नुभएको हो ।

 

३३ वर्षका लेवान्डोस्कीले गत वर्ष ६९ गोल गर्नुभएको थियो । उहाँले बुन्डेसलिगा अन्तर्गत एकै सिजनको लिगमा ३४ खेलमा ४३ गोल गर्नुभएको थियो ।लिभरपुलका मोहमद सालाह र पेरिस सेन्ट जर्मेनका लियोनल मेस्सीलाई पछि पार्दै लेवान्डोस्कीले अवार्ड जित्नुभएको हो । म्यान्चेस्टर युनाइटेडका क्रिस्टीयानो रोनाल्डोलाई भने विशेष अवार्ड प्रदान गरिएको छ । रोनाल्डोलाई पुरुषतर्फ अहिलेसम्मकै सर्वाधिक गोलकर्ताको रुपमा सम्मान गरिएको हो ।

 

सेभिल्लाका इरिक लामेलाले फिफा पुस्कास अवार्ड प्राप्त गर्नुभयोभने चेल्सीका इडोआर्ड मेन्डीले उत्कृष्ट गोलरक्षकको अवार्ड जित्नुभएको छ । यस्तै डेनमार्डको पुरुष राष्ट्रिय फुटबल टोलीले फिफा फेयर प्ले अवार्ड जितेको छ ।महिलातर्फ बार्सिलोनाकी अलेक्सिया पुटेलासले उत्कृष्ट फिफा महिला वर्ष खेलाडीको अवार्ड जित्नुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्