राष्ट्रिय क्रिकेट खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक, क्यानको साधारणसभा फागुनमा – Kanika Khabar
Sunday, May 5Nepali News Portal

राष्ट्रिय क्रिकेट खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक, क्यानको साधारणसभा फागुनमा

    मा प्रकाशित

नेपाल क्रिकेट सङ्घ (क्यान)ले क्यानले महिला तथा पुरुष राष्ट्रिय खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ । हिजो बसेको क्यानको बोर्ड बैठकले पुरुष तथा महिला राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई २०२२ को केन्द्रीय सम्झौतामा अनुबन्ध गर्ने निर्णय गरेको हो । यसअघि अनुशासन उल्लङ्घनका सम्बन्धमा बुझ्न सङ्घले गठन गरेको छानबिन समितिले गरेको सिफारिस बमोजिम चार जना खेलाडीहरूलाई २०२२ को सेन्ट्रल कन्ट्याक्टमा सुरुको ६ महिनाको लागि सहभागी नगराउने निर्णय पनि फिर्ता लिइएको क्यानले जनाएको छ । योसँगै कारबाही गरेका खेलाडी पनि ग्रेड ए मा परेका छन् ।

 

पुरुष खेलाडीतर्फ कतान सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरि, सोमपाल कामी र करण केसी ग्रेड ‘ए’ मा छन् । ग्रेड ‘बी’ मा कुशल भुर्तेल, आसिफ सेख, शरद भेसवाकर, आरिफ सेख, अविनाश बोहरा र विनोद भण्डारी रहदा ग्रेड ‘सी’ कुशल मल्ल, रोहित कुमार पौडेल, कमल सिंह ऐरि, विक्रम सोव, साहब आलम, सुशन भारी र पवन सर्राफ छन् ।

 

यस्तै महिला तर्फ ग्रेड ‘ए’ मा रुबिना छेत्री, सिता राना मगर, इन्दु बर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी छन् ।ग्रेड ‘बी’ मा सरिता मगर, कविता कुवर, अप्सरी बेगम, सरस्वती चौधरी, सवनम राई र ज्योति पाण्डे रहँदा ग्रेड ‘सी’ मा डली भट्ट, कविता जोशी, सङ्गीता राई, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी र बिन्दु रावल छन् । यसैगरी बैठकले आउँदो फागुन१३ र १४ गते धनगढीमा साधारणसभा गर्ने निर्णय गरेको छ ।यसअघि माघमा साधारणसभा गर्ने भनिएपनि २० जिल्ला सङ्घको अधिवेशन नभएका कारण रोकिएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्