सीमावर्ती क्षेत्रबाट एकनाल भरुवा बन्दुक बरामद – Kanika Khabar
Monday, April 29Nepali News Portal

सीमावर्ती क्षेत्रबाट एकनाल भरुवा बन्दुक बरामद

    मा प्रकाशित

 शिवु खनाल

कोइलाबास, १४ माघ ।

भारतसँग जाेडिएकाे दाङको काेइलाबास नाका सिमावर्ती क्षेत्रबाट अवैध हतियार बरामद गरिएको छ । गढवा गाउँपालिका वडा नम्बर ८ दुर्गा सामुदायिक वन भालुखाेला सिमावर्ती क्षेत्रबाट बुधबार एकनाल भरूवा बन्दुक बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोइलाबासका प्रमुख माधवप्रसाद ढुङगेलले जानकारी दिनुभयो ।

सिमावर्ती क्षेत्र भालुखाेला जंगलमा नियमित गस्ती पटाैलकाे क्रममा (विओपी) काेइलाबास सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टका प्रमुख माधवप्रसाद ढुङ्गेललेकाे कमाण्डमा खटिएको पैदल गस्तीले रूखकाे फेदमुनि लुकाइछिपाइ राखेको अवैध एकनाल भरुवा बन्दुक (अवैध हतियार) बरामद गरेको छ ।

उक्त अवैध हतियार विभिन्न किसिमको चाेरीपैठारी, वन्यजन्तुको तस्करी तथा अपराधीक क्रियाकलापमा प्रयोग हुन सक्न अनुमान गरिएको छ । बरामद गरिएको अवैध हतियार सिमा प्रहरी चाैकी काेइलाबासलाइ बुझाइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्